गृह मन्त्रालयको अधिकारी भन्दै प्रहरीलाई झुक्याउन खोज्ने युवक पक्राउ

कोल्हवी न्यूज
२०८३ असार १४, आईतवार १४:०६ गते

काठमाडौं । गृह मन्त्रालयको जिम्मेवार अधिकारी भएको झुटो परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच बनाउन खोज्ने एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन्। प्रहरीले उनलाई काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सिंहले आफू गृह मन्त्रालयको उच्च तहको अधिकारी भएको दाबी गर्दै प्रहरी वृत्त तथा अन्य प्रहरी कार्यालयमा प्रवेश गर्ने, कर्मचारीमाथि दबाब सिर्जना गर्ने र आफ्नो प्रभाव देखाउने प्रयास गरेका थिए।

उनको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।

सिंहमाथि सरकारी पद तथा ओहोदाको झुटो दाबी गर्दै भ्रम सिर्जना गरेको आरोपमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। हाल उनी प्रहरी हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*