रौतहटको चन्द्रपुर अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,आज गैँडाटारमा पनि सञ्चालन हुने

कोल्हवी न्यूज
२०८३ असार १४, आईतवार ०७:१६ गते

रौतहट:चन्द्रपुर अस्पताल, लायन्स क्लब रौतहटका विभिन्न क्लब तथा एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा चन्द्रपुर सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता तथा पूर्व संविधानसभा सदस्य रामकुमार भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भट्टराईले ८१ वर्षीय नारायणप्रसाद घिमिरेलाई खादा ओढाएर शिविरको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कृष्णबहादुर खड्काले सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सेवामा समेत योगदान पुर्‍याउँदै आएको बताउनुभयो । प्रमुख अतिथि रामकुमार भट्टराईले यस्ता सेवामूलक कार्यक्रमले सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कुन्ता कुमारी दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने लायन्स क्लबका रिजनल चेयरपर्सन शेख अजहरुदिनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

हिजो सम्पन्न शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट ३५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ । परीक्षणका क्रममा मोतियाबिन्दुको समस्या देखिएका ३५ जना बिरामीलाई गौर आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया (अपरेशन) गरिने व्यवस्था मिलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*