माओवादी अध्यक्ष दाहाल बिरामी परेपछि महोत्तरीको कार्यक्रम स्थगित

कोल्हवी न्यूज
२०७८ कार्तिक २७, शनिबार १७:३९ गते

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिबार महोत्तरी आउने कार्यक्रम स्थगित भएको छ । दाहालको स्वास्थ्यमा समस्या देखिएपछि कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

शनिबार महोत्तरीको रामगोपालपुरमा अध्यक्ष दाहालले आमसभालाई सम्बोधन गर्दै ७ वटा वडाको स्वास्थ्य भवन एकसाथ उद्घाटन गर्ने कार्यक्रम थियो । ‘अध्यक्षको स्वास्थ्यमा अचानक समस्या देखिएपछि प्रदेश कमिटीको निर्देशनबमोजिम कार्यक्रम स्थगित गरेका छौं,’ माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*