आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५१ रुपैयाँ ३४ पैसामा बिक्री

कोल्हवी न्यूज
२०८३ असार १४, आईतवार ०६:५५ गते

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ। त्यसैगरी, बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १९९ रुपैयाँ २८ पैसा र बिक्रीदर २०० रुपैयाँ ०७ पैसा तथा स्वीस फ्र्याङ्कको खरिददर १८६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८७ रुपैयाँ २७ पैसा तोकिएको छ।

अन्य प्रमुख मुद्रातर्फ अष्ट्रेलियन डलरको बिक्रीदर १०४ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर १०६ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर ११६ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन २२ रुपैयाँ २६ पैसा तथा साउदी रियाल ४० रुपैयाँ ३० पैसा कायम गरिएको छ।

यस्तै, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, थाई भाट, जापानी येन, दक्षिण कोरियाली वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको विनिमयदर पनि राष्ट्र बैंकले निर्धारण गरेको छ। भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर केही फरक हुन सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटबाट हेर्न सकिने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*