रास्वपाको नेतृत्वमा पुनः रवि लामिछाने

कोल्हवी न्यूज
२०८३ असार १०, बुधबार ०६:५६ गते

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि लामिछाने पुनः सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो।

चितवनमा जारी महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया चलिरहेका बेला सभापति पदमा अन्य कुनै उम्मेदवारी नपरेको निर्वाचन आयोगले जनाएको छ। यससँगै पार्टी स्थापनापछि पहिलो पटक सम्पन्न महाधिवेशनबाट लामिछानेले पुनः नेतृत्वको जिम्मेवारी पाएका छन्।

रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै संगठन विस्तार, वैचारिक स्पष्टता र आगामी राजनीतिक कार्यदिशा तय गर्ने तयारी गरेको छ। सभापतिमा लामिछानेको निर्विरोध चयनलाई पार्टीभित्र उनको नेतृत्वप्रतिको विश्वासका रूपमा समेत हेरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*