कोल्हवी नगरपालिकाको १६ औँ नगरसभा सम्पन्न,७१ करोड ६६ लाख १९ हजारको बजेट प्रस्तुत

कोल्हवी न्यूज
२०८३ असार १०, बुधबार १५:१० गते

कोल्हवी:कोल्हवी नगरपालिकाको १६ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६६ लाख १९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ।

नगरसभामा अध्यक्षता गर्नु भएकि उपप्रमुख लक्ष्मी कुमारी चौधरीले प्रस्तुत गरेको बजेट अनुसार चालु तथा प्रशासनिक खर्चतर्फ ४० करोड २४ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ ३१ करोड ४१ लाख ५९ हजार रुपैयाँ छुट्याइएको छ।

त्यस्तै संघीय सरकारबाट प्राप्त समानीकरण अनुदानतर्फ १३ करोड ८१ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ २७ करोड २३ लाख रुपैयाँ, प्रदेश शसर्त अनुदानतर्फ २ करोड ४४ लाख ३८ हजार रुपया निनियोजन गरिएको छ भने आन्तरिक स्रोतबाट १५ करोड ७० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ।

प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य,कृषि, पशुपालन, खानेपानी, सडक पूर्वाधार,सरसफाइ, रोजगार तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ। नगरभित्रका विकास निर्माणका अधुरा आयोजनालाई पूर्णता दिने,सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा नागरिकमैत्री कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसहित बजेट विनियोजन गरिएको बताइएको छ।

नगरसभाको सचिबमा कोल्हवी नगरालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश श्रेष्ठ सहित कार्यक्रममा सम्पुर्ण वडाका अध्यक्षहरू,कार्यपालिका सदस्य,नगरसभा सदस्य,कर्मचारी स्थानिय सन्चारकर्मि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले बजेटले नगरको समग्र विकास,सुशासन प्रवर्द्धन तथा स्थानीय जनताको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

नगरसभाले प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी आवश्यक सुझावसहित आगामी आर्थिक वर्षका लागि कार्यान्वयन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाएको छ। कोल्हवी नगरपालिकाले समृद्ध, व्यवस्थित र विकासमुखी नगर निर्माण गर्ने लक्ष्यसहित बजेट तथा कार्यक्रम ल्याएको नगरसभामा जानकारी गराइएको थियो।

१६ औं नगरसभाले कोल्हबी नगर प्रमुख राम प्रसाद चौधरिका पुजनिय पिता नन्देस्वर चौधरिको निधनमा गहिरो समबेदना प्रकट गर्दै नगर सभाको नीति तथा कार्यक्रम माथी असार १७ गते बैठक बस्ने गरि सम्पन्न गरेको छ।कार्यक्रमको सन्चालन शिव पौडेलको रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*