मेडिसिटी भर्ना भएका प्रचण्डको स्वास्थ्य अवस्था कस्तो छ ?

कोल्हवी न्यूज
२०७८ कार्तिक २७, शनिबार १७:२७ गते

उच्च रक्तचाप र वान्ता भएपछि आज मेडिसिटी अस्पतालमा भर्ना भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक रात अस्पतालमा नै बिताउने भएका छन् ।

उनलाई चिकित्सकहरुको निगरानीमा राख्नु पर्ने भएकाले अस्पतालमा भर्ना गरिएको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले फरकधारलाई जानकारी दिए ।

केही दिनअघि कर्णालीका विभिन्न जिल्ला पुगेर फर्किएका प्रचण्डको रक्तचाप शुक्रबार अचानक अनियन्त्रित बनेको थियो ।शनिबार विहानदेखि नै अस्वस्थ प्रचण्डले वान्ता पनि गर्न थालेपछि अस्पताल लगिएको थियो ।

‘त्यस्तो गम्भीर केही होइन, सामान्य अवस्था नै हो तर वान्ता नै भए पछि उहाँलाई अस्पताल लगिएको हो,’ जुगलले भने, ‘आज एक दिनका लागि अस्पतालमा नै राख्ने निर्णय भएको छ । चिकित्सकहरुको निगरानीमा बसौँ भनेर मात्र हो, स्वास्थ्यमा त्यस्तो गम्भीर समस्या देखिएको छैन, सामान्य नै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*