जितपुरसिमरा १ मा १७० जनाले गरे एमाले पार्टी प्रवेश

कोल्हवी न्यूज
२०७८ कार्तिक २७, शनिबार ०७:३४ गते

जितपुर सिमरा उपमहानगरपालिका १ मा आज पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । बारा जिल्लाको पथलैयामा महादेवस्थानमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवम निबर्तमान परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यता आयोजित उक्त कार्यक्रमले १७० जनालाई पार्टी प्रवेश गराएको छ । नेकपा ऐमाले केन्द्रिय सदस्य अच्युत मैनाली ,केन्द्रिय सदस्य एवम प्रदेश २ अध्यक्ष पुर्व मन्त्री ज्वाला शाह, केन्द्रिय सल्लाहकार सदस्य एवम पुर्व मन्त्री पुरुषोत्तम पौडेलको उपस्थितिमा नयाँ सदस्यहरुले पार्टी प्रवेश गरेका हुन् । सुखी नेपाली समृद्ध नेपालको मुल नारा बोकेको एमालेमा आज नेपाली काङ्ग्रेस, माओबादी केन्द्र लगायतको पार्टीका सदस्यहरुले सम्पुर्ण नेपालीको आशा अनि भरोसा एमाले सङ्ग मात्र रहेको बताउदै आज पार्टी प्रवेश गरेका हुन् ।

May be an image of 10 people and people standing

नेकपा एमाले स्थायी सदस्य एवम् निबर्तमान परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पार्टी प्रवेश कार्यक्रममा बोल्दै विपरीत पार्टीको जालझेलका कारण नेकपा एमाले सरकारबाट बाहिरिन बाध्य भएको बताएका थिए । ज्ञवालीले विपरीत पार्टीले गरेको जालझेल तोड्ने उर्जा आफू र आफ्नो पार्टीमा आएको जनाउदै अब चुनौतीको पर्खाल तोडेर अधुरा सपना पूरा गर्दै नेपालका भुमिहीन जनतालाई समस्याबाट मुक्त गराउने बताउनु भएको थियो ।

May be an image of one or more people, people standing, people sitting, people walking, tree, park and crowd

जितपुरसिमरा १ का अध्यक्ष इश्वर थपलियाको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रममा प्रदेश सभा सदस्य त्रिलोकी चौधरी जितपुरसिमरा नगर प्रमुख डा। कृष्ण पौडेल कोल्वी नगरपालिका प्रमुख भरत भण्डारी ,जितपुर सिमरा उप प्रमुख सरस्वती चौधरी नेताहरु चयन मगर गुरुङ ,सीता सुवेदी, मनोज पौडेल,त्रिलोक शाह ठकुरी,कासिम हुसेन,कोपिला सिम्खडा,भोला अधिकारी,हिरा बस्नेत, भावना आचार्यलगाएतको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*