डीएभी कलेज परिसरमा वीरगन्जका विद्यार्थी मृत फेला, घटनाबारे अनुसन्धान जारी

कोल्हवी न्यूज
२०८३ असार २, मंगलवार १५:४७ गते

ललितपुर, २ असार । ललितपुरको जावलाखेलस्थित डीएभी कलेज परिसरमा एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन्। मृतक पर्साको वीरगन्ज महानगरपालिका–२२ निवासी १८ वर्षीय आर्यन सिंह रहेको प्रहरीले जनाएको छ।

प्लस टु तहमा अध्ययनरत सिंह सोमबार बिहान करिब १० बजे कलेज परिसरभित्र गम्भीर घाइते अवस्थामा भेटिएका थिए। घटनापछि उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको छ।

विद्यार्थीको मृत्यु भएपछि कलेज परिसर तथा स्थानीय क्षेत्रमा चासो बढेको छ। प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षको अनुसन्धान गरिरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*