फाइजर खोप कात्तिक २८ देखि, कस-कसलाई लगाउने? कहाँ-कहाँ?

कोल्हवी न्यूज
२०७८ कार्तिक २६, शुक्रबार १७:०६ गते

सरकारले १२ वर्षदेखि माथिको उमेर समूहका दिर्घरोगीहरुलाई लक्षित गर्दै आइतबारबाट कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउने भएको छ।

कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले दिएको १ लाख डोज खोप कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म १२ वर्ष माथिका दिर्घरोगीहरुलाई दिइने भएको हो।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार कात्तिक २८ देखि मंसिर ४ गतेसम्म पहिलो डोज र मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोज खोप दिइने छ।

दुई मात्रा लगाइने फाइजर खोप पहिलो डोज लगाएको २१ देखि २८ दिनभित्रमा लगाइ सक्नुपर्ने स्वास्थ्य मन्त्रलयका प्रवक्ता डा। कृष्ण पौडेलले बताए।

उनले भने, ‘यो खोप समय अवधि भित्र लगाएमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएका विभिन्न अध्ययन अनुसन्धाहरुले देखाएका छन्।’

यस्तै अभियानको अन्तिमसम्म पनि खोप बाँकी रहेको खण्डमा खोप १२ देखि १७ वर्ष उमेर समूहका अन्य व्यक्तिलाई दिइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले बताए।

उनले भने, ‘अहिले ८ प्रकारका दिर्घरोगीहरुलाई प्राथमिकतामा राखेर फाइजर खोप सुरु गर्न लागिएको छ। उनीहरुलाई लगाएर खोप बचेको खण्डमा खोप १२ वर्षदेखि १७ वर्ष उमेर समूहलाई लगाउने निर्णय गरेका छौँ।’

खोप लगाउनका लागि दिर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचार सम्वन्धी पूर्जा र दोस्रो मात्राको लागि पहिलो मात्रा लिइएको खोप कार्ड अनिवार्य चाहिने छ।

नेपालले हालसम्म कोभिडविरुद्ध कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन खोप लगाउँदै आएको छ। फाइजरको खोप लगाउन थालिएको यो पहिलो पटक हो।

मन्त्रालयको तथ्याङ्क अनुसार कात्तिक २५ गतेसम्म नेपालमा ३८ प्रतिशतले दोस्रो डोज र ४४ प्रतिशतले पहिलो डोज खोप लगाइसकेका छन्।

कस्ता व्यक्तिले पाउने छन्, फाइजर खोपरु

फाइजर खोप १२ वर्षदेखि माथिका ८ प्रकारका दिर्घरोगका बिरामीलाई दिइने छ।

– मुटुको बिरामी भई शल्यक्रिया गरेका वा औषधि प्रयोग गरिरहेका
– मृर्गौलाको समस्या भई मृर्गौला फेरेका, डाइलाइसिस गराईरहेका, औषधि सेवन गरिरहेका
– जुनसुकै प्रकारका क्यान्सरको पहिचान भई उपचारमा रहेका
– फोक्सोको समस्या भई चिकित्सकको पूर्जा बमोजिम औषधि सेवन गरिरहेका
– अङ्ग प्रत्यारोपण गरेका
– उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका
– रोग प्रतिरोधात्मक क्षमता कम भएका
– मस्तिस्क र मस्तिष्कका रक्तनली सम्वन्धी रोग ९पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृति आदि०

फाइजर खोप लगाएपछि हुन सक्ने अनपेक्षित घटना

सामान्य असरहरु
– सूइ लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने र सुनिने
– टाउको दुख्ने, जाडो हुने र ज्वरो आउने
– मांसपेशीहरु दुख्ने र जोर्नीहरु दुख्ने
– खान मन नलाग्ने र वाकवाकी लाग्ने
– थकाइ लाग्ने
– सूई लगाएको हातको काखीको गन्थ्री सुनिने र दुख्ने

खोप लगाएपछि हुनसक्ने अस्वाभाविक घटना

– एनाफाइलेक्सिस्
– मायोकार्डाइटिस, पेरीकार्डाइटिस
– शरीरमा साना बिबिरा आउने र चिलाउने, शरीरभरि डावर आउने र चिलाउने, अनुहार सुन्निने लक्षण देखिन सक्छन्
– पखाला लाग्ने, वान्ता हुने, सुई लगाएको हात धेरै नै बढी दुख्ने तथा बेहोस हुने जस्ता लक्षण पनि देखिन सक्छन्।

खोप लगाउन नहुने अवस्था
– कोभिड–१९ विरुद्धको अन्य कुनै पनि खोप लगाएको
– १२ बर्ष भन्दा कम उमेर व्यक्ति
– यो खोपको पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको ९जस्तै एनाफाइलेक्सिस्०

खोप तत्कालको लागि लगाउन नहुने अवस्था

– मोनोक्लोनल एन्टिबडिज, कन्भालेसेन्ट प्लाज्मा थेरापी उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउन हुँदैन, तर यस प्रकारको उपचार लिएको ९० दिनपछि मात्र यो खोप लगाउन मिल्छ
– कोभिड –१९ संक्रमित भएको अवस्थामा यो खोप लगाउन हुँदैन तर निको भएको ३० दिनपछि यो खोप लगाउन हुन्छ
– कुनै पनि प्रकारको गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा यो खोप लगाउनु हुँदैन, तर, यस प्रकारको अवस्थामा ठीक भएपछि यो खोप लगाउन हुन्छ

खोप कहाँ–कहाँ लगाइने छरु

उपत्यकाका ८ अस्पताल गरी देशभर २४ वटा अस्पतालहरुमा खोप लगाइने छ।
– वीर अस्पताल, काठमाडौँ
– श्री विरेन्द्र सैनिक अस्पताल, छाउनी
– त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
– शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारी
– पाटन अस्पताल, लगनखेल
– भक्तपुर अस्पताल, भक्तपुर
– शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर
– मेची प्रदेशिक अस्पताल, भद्रपुर
– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
– कोशी अस्पताल, बिराटनगर
– गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, राजविराज
– नारायणी अस्पताल, विरजञ्ज
– जनकपुर प्रादेशिक अस्पताल, जनकपुर
– बीपी कोइराला स्मृति क्यान्सर अस्पताल, भरतपुर
– धुलिखेल अस्पताल, धुलिखेल
– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
– धौलागिरी अस्पताल, बागलुङ
– लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल
– राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठान, दाङ
– भेरी अस्पताल, नेपालगञ्ज
– कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत
– सेती प्रादेशिक अस्पताल, धनगढी
– डडेलधुरा अस्पताल, अमरगढी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*