धवलशमशेरको घोषणा: ‘राजा र हिन्दु राष्ट्रको एजेण्डा बोकेर दुर्गा प्रसाईंले नयाँ पार्टीको नेतृत्व गर्छन्’

कोल्हवी न्यूज
२०८३ जेष्ठ ३१, आईतवार १५:२० गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाउन नयाँ राष्ट्रवादी राजनीतिक दल गठनको तयारी भइरहेको बताएका छन्।

काठमाडौंमा आइतबार आयोजित ‘राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रम’मा बोल्दै राणाले नयाँ पार्टीको नेतृत्व दुर्गा प्रसाईंले गर्ने जानकारी दिए। उनका अनुसार प्रसाईं राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा जनस्तरमा स्थापित व्यक्तित्व भएकाले नेतृत्वका लागि उपयुक्त विकल्प हुन्।

राणाले नयाँ दलले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको एजेण्डालाई मुख्य आधार बनाएर अघि बढ्ने स्पष्ट पारे। उनले देशभरका आम नागरिकको भावना समेट्दै यी मुद्दालाई पुनः स्थापित गर्ने लक्ष्य लिइएको बताए।

यसक्रममा उनले राप्रपा नेतृत्वप्रति असन्तुष्टि पनि व्यक्त गरे। अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई अपेक्षित दृढताका साथ अघि बढाउन नसकेको दाबी गर्दै त्यसैले नयाँ राजनीतिक विकल्प निर्माणको आवश्यकता परेको उनको भनाइ थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*