२४ घण्टामा नेपालमा ३५५ मा कोरोना पुष्टि, ३८९ जना संक्रमणमुक्त

कोल्हवी न्यूज
२०७८ कार्तिक २६, शुक्रबार १६:४५ गते

पछिल्लो २४ घण्टामा नेपालमा ३५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ९ हजार १३४ पीसीआर परीक्षणमा ३५५ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १६ हजार ४१५ पुगेको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै एन्टिजेन विधिद्वारा १ हजार ९३२ परीक्षण हुँदा ४७ जनामा पोजिटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९७ हजार ४४८ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ रहेको छ । २४ घण्टामा ९३ हजार ६९५ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*