कङ्गोमा इबोला प्रकोप ‘चिन्ताजनक’, १,००० भन्दा बढी शङ्कास्पद सङ्क्रमण र २४६ जनाको मृत्यु

कोल्हवी न्यूज
२०८३ जेष्ठ १७, आईतवार १५:३२ गते

चिकित्सासम्बन्धी परोपकारी संस्था मेडेसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) ले कङ्गोमा फैलिएको इबोला भाइरस सङ्क्रमण ‘निकै चिन्ताजनक’ अवस्थामा पुगेको चेतावनी दिएको छ। एमएसएफका उपनिर्देशक डा. एलन गोन्सालेसले यसअघि यति छिटो यति धेरै सङ्क्रमण नदेखिएको बताएका छन्।

प्रकोप घोषणा भएको दुई सातापछि अवस्था झनै गम्भीर बनेको जनाइएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एड्हानम गेयब्रेयसस इटुरी प्रान्तको भ्रमणमा रहेका बेला यो चेतावनी सार्वजनिक भएको हो।

हालसम्म कङ्गोमा १ हजारभन्दा बढी शङ्कास्पद इबोला सङ्क्रमण र कम्तीमा २४६ जनाको मृत्यु भएको खबरमा उल्लेख छ। छिमेकी देश युगान्डामा पनि ९ सङ्क्रमित र १ जनाको मृत्यु भएको छ।

डब्ल्यूएचओका अनुसार द्वन्द्वका कारण नियन्त्रण प्रयासमा बाधा पुगेको छ। अहिलेको प्रकोप बुन्डीबुग्यो नामक दुर्लभ इबोला प्रजातिसँग सम्बन्धित भएको र यसका लागि प्रमाणित खोप नभएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*