थारु समुदायको आवाज सशक्त बनाउने लक्ष्यसहित नेपाल थारु संघको प्रथम महाधिवेशन आजदेखि

कोल्हवी न्यूज
२०८३ जेष्ठ १६, शनिबार ११:३४ गते

काठमाडौंमा आजदेखि नेपाल थारु संघको पहिलो महाधिवेशन सुरु हुँदैछ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा दिउँसो १२:१५ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद तथा थारु समुदायको एकतालाई आधार बनाएर संगठनलाई थप सशक्त बनाउने लक्ष्यसहित महाधिवेशन आयोजना गरिएको हो। थारु समुदायका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक सरोकारलाई संस्थागत रूपमा अघि बढाउने विषय पनि महाधिवेशनको प्रमुख एजेन्डा बनेको छ।

महाधिवेशन अवधिभर संगठनको भावी नीति, रणनीति र कार्यक्रममाथि व्यापक छलफल हुने जनाइएको छ। साथै, नयाँ नेतृत्व चयनसँगै थारु समुदायको प्रतिनिधित्व र भूमिकालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

देशका विभिन्न जिल्लाबाट आएका सयौँ प्रतिनिधि र कार्यकर्ताको सहभागिताले महाधिवेशनलाई संगठन विस्तार, नेतृत्व हस्तान्तरण र समुदायको साझा आवाज बलियो बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*