निगमले थप १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्ने, चार विदेशी वायुसेवा कम्पनीसँग सहकार्यको सम्झौता
पछिल्लो समय आफ्नो अन्तर्राष्ट्रिय हवाई उडान सेवा विस्तारमा आक्रामक फड्को मार्दै अघि बढ्ने लक्ष्य लिएको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले छिटै विभिन्न १० अन्तर्राष्ट्रिय गन्तव्यमा थप उडान भर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले अब छिट्टै संसारका विभिन्न १० वटा नयाँ गन्तव्यमा थप उडान भर्ने निर्णय गरेको हो ।
निगमका अनुसार आगामी केही दिनमा हाल काठमाडांंै उडान भरिरहेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी थाई एयरवेजसँगको सहकार्यमा काठमाडौं–बैंकक–सियोलदेखि काठमाडौं–बैंकक–सिड्नीसम्मको उडान भर्ने भएको हो । निगमले थाई एयरका साथै अन्य विभिन्न तीनवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू अल निप्पोन एयरलाइसन्स, कुवेत एयरलाइसन्स र इमिरेट्स एयरलाइन्ससँग सहकार्य गरी आफ्नो अन्तर्राष्ट्रिय उडान विस्तारका लागि सम्झौता गरेको जानकारी दिएको छ ।
निगमका प्रवक्ता करिश्मा श्रेष्ठले यस्तो जानकारी गराएकी हुन् । उनले निगमले गरेको यस्तो निणर्यबाट अब १ अर्का वायुसेवाहरूको गन्तब्य रुटमा यात्रा गर्ने हवाई यात्रुहरूलाई सेवा प्रदान गर्न थप सहज हुने अपेक्षा गरिएको बताइन् । राजधानी दैनिकबाट









