नेपाल विद्युत् प्राधिकरणलाई तीन कम्पनीमा विभाजन गरिने

कोल्हवी न्यूज
२०८३ जेष्ठ १५, शुक्रबार १६:५६ गते

 सरकारले नेपाल विद्युत् प्राधिकरणको बहुप्रतीक्षित पुनर्संरचना आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लामो समयदेखि थाती रहेको प्राधिकरण पुनर्संरचनाको काम अब कार्यान्वयन चरणमा लैजाने बताएका हुन्।

सरकारको योजनाअनुसार नेपाल विद्युत् प्राधिकरणलाई उत्पादन, प्रसारण तथा वितरण एवं व्यापार गरी तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गरिनेछ। ऊर्जा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी तथा प्रभावकारी बनाउन यस्तो संरचनात्मक सुधार गर्न लागिएको सरकारको भनाइ छ।

अर्थमन्त्री वाग्लेले विद्युत् क्षेत्रको संस्थागत सुधारमार्फत सेवा प्रवाह प्रभावकारी बनाउने, लगानी आकर्षित गर्ने तथा ऊर्जा व्यापारलाई विस्तार गर्ने लक्ष्य राखिएको बताए।

सरकारले ऊर्जा उत्पादन वृद्धि, प्रसारण लाइन विस्तार तथा विद्युत् व्यापारलाई प्राथमिकतामा राख्दै आगामी वर्ष ऊर्जा क्षेत्रमा व्यापक सुधारका कार्यक्रम अघि बढाउने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*