मधेश प्रदेश सरकार ले जेठ १५ मा ल्याउने नीति तथा कार्यक्रम

कोल्हवी न्यूज
२०८३ जेष्ठ १४, बिहीबार १६:१३ गते

बारा, १४ जेठमधेश प्रदेश सरकार ले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम जेठ १५ गते शुक्रबार सार्वजनिक गर्ने भएको छ।

प्रदेशसभा सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा डा. सुरेन्द्र लाभ कर्ण ले नेपालको संविधानको धारा १८४ को उपधारा (२) अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

यस वर्षको नीति तथा कार्यक्रममा विगतका वर्षको तुलनामा फरक दृष्टिकोण अपनाइएको जनाइएको छ। विशेषगरी साना तथा टुक्रे योजनालाई निरुत्साहित गर्दै ठूला र दीर्घकालीन योजनामा जोड दिइएको छ।

राजकुमार सिंह का अनुसार आवश्यकता, उपलब्ध स्रोत र कार्यान्वयन क्षमताका आधारमा कार्यक्रमहरू छनोट गरिएको हो।

उनले कम्तीमा एक करोड रुपैयाँभन्दा माथिका बहुवर्षीय योजना, प्रदेश गौरवका आयोजना तथा मझौला स्तरका विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

प्रदेश सरकारले यस नीति तथा कार्यक्रममार्फत विकास खर्चलाई प्रभावकारी बनाउने र दीर्घकालीन परिणाम दिने योजनालाई केन्द्रमा राख्ने तयारी गरेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*