चीन : उत्तरपूर्वी सहरमा ११६ वर्षयताकै उच्च हिमपात

कोल्हवी न्यूज
२०७८ कार्तिक २५, बिहीबार १९:३१ गते

उत्तर पूर्वी चीनमा भारी हिमपात भएको छ । यो एक सय १६ वर्षयताकै धेरै हिमपात रहेको जनाइएको छ। त्यहाँका केही ठाउँमा अहिलेसम्मकै रेकर्ड तोड्ने गरी भारी हिमपात भएको बताइएको छ । बीबीसीका अनुसार हिमपातबाट बिजुली, सडक यातायात, हवाई यातायातलगायतका सेवा ठप्प भएको छ । लिओनिङ प्रान्तको राजधानी शेनयाङमा २० इन्चसम्म हिउँ परेको छ ।

यो सन् १९०५ यताकै उच्च रेकर्ड राखिएको हिमपात भएको सरकारी आउटलेट सिन्ह्वाले जनाएको छ। यस्तै छिमेकी भित्री मङ्गोलियामा भारी हिमपातका कारण एक जनाको मृत्यु भएको छ भने ५,६०० भन्दा बढी प्रभावित भएका छन्।

हिमपात निकै अनियमित र अचानक भइरहेकाले अनुमान गर्न पनि गाह्रो भइरहेको मङ्गोलियाको सहर टोङलियाओका मौसमविद्ले बताएका छन् । भित्री मंगोलिया र उत्तर–पूर्वी चीनमा कुल २७ स्थानमा हिम तुफानको चेतावनी जारी गरिएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*