दाउन्ने ३४ घण्टादेखि अझै ठप्प

कोल्हवी न्यूज
२०७८ कार्तिक २५, बिहीबार १९:२८ गते

महेन्द्रराजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका हजारौं यात्रु ३४ घण्टादेखि दाउन्नेको जाममा अलपत्र परेका छन् । दाउन्नेका होटल व्यवसायी बुद्ध गुरुङका अनुसार बुधबार बिहान १० बजेबाट सुरु भएको जाम अहिले साँझ पौने ७ बजेसम्म पनि अझै छिचोलिएको छैन । राजमार्गमा खाल्डै खाल्डा भएको र ठाउँठाउँमा गाडी बिग्रिएकाले राजमार्ग अवरुद्ध भएको हो ।

रुपन्देहीका पूर्वसहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलले सानो गाडीमा बर्दघाटबाट कावासोती आउन दिनैभरि नै जाममा परेर सास्ती भोगेको टेलिफोनमा जानकारी दिए । दुम्कीवास बर्दघाट सडक खण्डको १४ किलोमिटर सडक उछिन्ने गाडीको होडले सडकमा दोहोरोतेहेरो जाम परेको छ । दाउन्नेको जाममा परेका धिरज काप्लेले भने, ुसडक छिचोलिसक्नु छैन । लामो जाम छ ।’

सडक फराकिलो पार्ने काम थालेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम नगरेका कारण राजमार्गमा खाल्डैखाल्डा र धुलो अचाक्ली छ ।

इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले दुम्किबास–बर्दघाट खण्डको बर्दघाटतर्फ लामा–लामा भारतीय मालबाहक ट्रक ठाउँठाउँमा बिग्रिएकाले राजमार्ग अवरुद्ध भएको जानकारी दिए । ुसडकभरि खाल्डैखाल्डा छन् । मालबाहक गाडी बिग्रिरहन्छ । यो सधैंको समस्या हो,ु उनले भने, ुएकतर्फी खुलाउने प्रयास गरेको छु ।ु राजमार्ग पक्की नभएसम्म यो समस्या दिनहुँ यस्तै विकराल रहने उनले सुनाए । देशकै लाइफलाइन मानिने यो राजमार्ग दसैंयता सधैं यस्तै अवस्थामा छ । राजमार्गमा धुलैधुलोले यात्रुले सास्ती पाएका छन् । ईकान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*