कोल्हवी ३ जुअवामा भलिबल प्रतियोगिता सुरु

धिरेन्द्र पनुहर
२०७८ कार्तिक २५, बिहीबार १९:१९ गते

कोल्हबी २५ कार्तिक समाज बिकास युबा क्लब कोल्हबी ३ जुअवाद्रारा संचालित प्रथम सुभाष स्मृति भलिबल प्रतियोगिता खेलको उदघाटन बिहिवार एक कार्यक्रमको बिच सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथी कोल्हबी न पा वाड न ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी बिशिस्ट अतिथी श्री ने रा आधारभूत बिधालय कोल्हबी ३ जुअवाका प्र अ नरेन्द्र कुमार चौधरी ,अमृत जि आर ,वसन्त चौधरी ,मन्जु राम मुरलिधर चौधरी ,उपेन्द्र चौधरी जयमङल चौधरी अतिथिहरु लक्ष्मी चौधरी, बङ्क चौधरी हरिनारायण चौधरी ,मदेश्वर चौधरी लगाएतको उपस्थिति रहेको थियो। स्वागत मन्तव्य मदेश्वर चौधरीको रहेको थियोभने राष्ट्रिय भलिबल खेलाडी खुसी चौधरीको पनि उपस्थिती रहेको थियो ।

पहिलो दिनको खेलमा पहिलो खेल जुअवा र प्रसौना बिच भएको खेलमा जुअवा टिम बिजय भएको छ।दोस्रो खेल थस्कौल र दौर्वा बिच भएको खेलमा थस्कौल टिम बिजय भएको छ र तेस्रो खेल बसतपुर र धोधर्पाकटिको बिच भएको खेलमा बसतपुर टिम बिजय भएको छ। कार्यक्रमको सभापति गौरीशंकर चौधरीको रहेको थियो भने संचालन बिशुनदयाल चौधरीको रहेको थियो।                                            प्रतियोगितामा प्रथम हुने टिम ले नगद रु. तीस हजार प्राप्त गर्नेछ भने दोश्रो हुने टिम ले नगद रु.१५ हजार प्राप्त गर्नेछ र सान्तवना स्वरुप रु. ५ हजार प्राप्त गर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*