प्रधानमन्त्री संसद्मा आउनुहुन्छ : रवि लामिछाने

कोल्हवी न्यूज
२०८३ जेष्ठ ८, शुक्रबार ०७:०९ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) संसद् बैठकमा उपस्थित हुने बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री संसद्को सामना गर्न आउने स्पष्ट पारे। यद्यपि, प्रधानमन्त्री कहिले संसद्मा उपस्थित हुने भन्नेबारे उनले खुलाएनन्।

प्रतिपक्षले संसद् बैठक अवरुद्ध गरिरहेकै अवस्थामा प्रधानमन्त्रीलाई किन संसद्मा ल्याउन नसकिएको भन्ने प्रश्नमा लामिछानेले भने, “उहाँ संसद्मा नआउने भन्ने कुरै छैन, आइहाल्नुहुन्छ। उहाँ आएपछि तपाईंहरूले सबै कुरा थाहा पाइहाल्नुहुन्छ।”

फरक प्रसङ्गमा उनले रास्वपाको महाधिवेशन ढिला भइसकेको स्वीकार गरे। पार्टीले महाधिवेशन हतारमा गर्न खोजेको भन्ने टिप्पणीको प्रतिवाद गर्दै उनले पहिले नै कार्यतालिका र मिति तय गरिए पनि विशेष कारणले सारिएको बताए।

सभापति लामिछानेले पार्टीले आन्तरिक तयारीलाई तीव्र बनाउँदै तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको पनि जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*