प्रतिनिधिसभामा सांसदहरूको आवाज : कर सहुलियतदेखि सडक, विद्युत् र रोजगारीसम्म सरकारको ध्यानाकर्षण

कोल्हवी न्यूज
२०८३ जेष्ठ ७, बिहीबार १५:४१ गते

काठमाडौं, जेठ ७ — प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा विभिन्न सांसदहरूले जनजीविकासँग जोडिएका विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

सुलभ खरेल ले जनतालाई कर तिर्न सहज हुने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो।

सुशान्त वैदिक ले प्युठानका निर्माणाधीन सडक अलपत्र परेको भन्दै काम तीव्र बनाउन माग गर्नुभयो। साथै चट्याङबाट बच्न प्रतिरोधी टावर निर्माण गर्नुपर्ने बताउनुभयो।

सुशील खड्का ले कबाडी कर खारेज गर्न माग गर्दै कुहिने फोहरबाट मल तथा प्लास्टिकलाई उद्योगमा कोइलाको रूपमा पुनःप्रयोग गर्न सकिने सुझाव दिनुभयो।

सुषमा स्वर्णकार ले विद्युत् सेवा नागरिकको अधिकार भएकाले आपूर्ति अवरोध नगर्न आग्रह गर्नुभयो।

सुहाङ नेम्वाङ ले वर्षायाममा इलामका सडक भत्किने समस्या समाधान गर्न तथा अलपत्र पुल निर्माण छिटो सम्पन्न गर्न माग गर्नुभयो।

सोम शर्मा ले गत भदौ २३ गते भएको गोलीकाण्डको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो।

स्मृति चौधरी ले युवाको विदेश पलायन रोक्ने नीति बनाउन सरकारसँग आग्रह गर्नुभयो।

हरिनादेवी कामी ले डडेल्धुराको रङ्गुन खोलाबाट भइरहेको जमिन कटान रोक्न तटबन्ध निर्माण गर्न माग गर्नुभयो।

हरिप्रसाद भुसाल ले स्वतन्त्र प्रेस सुदृढीकरणका लागि समानुपातिक विज्ञापन नीति लागू गर्नुपर्ने बताउनुभयो।

क्षितिज थेवे ले सुकेटार विमानस्थल कालोपत्र भए पनि नियमित उडान नभएको भन्दै ताप्लेजुङका सडक र पुल सुधार गर्न माग गर्नुभयो।

ज्ञानु पौडेल ले कालिकोट विमानस्थल सञ्चालनमा ल्याउन ठोस पहल आवश्यक रहेको बताउनुभयो।

ज्ञानेन्द्रसिंह महता ले कञ्चनपुरमा आधुनिक क्रिकेट मैदान निर्माण गर्न माग गर्नुभयो।

हरिमोहन भण्डारी ले वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको शव ल्याउन भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*