आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५५ रुपैयाँ नजिक

कोल्हवी न्यूज
२०८३ जेष्ठ ७, बिहीबार ०६:४२ गते

नेपाल राष्ट्र बैंक ले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार अमेरिकी डलरको मूल्य नेपाली बजारमा १५५ रुपैयाँ नजिक पुगेको छ ।

केन्द्रीय बैंकले अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा निर्धारण गरेको जनाएको छ ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा तथा बिक्रीदर १८० रुपैयाँ ०१ पैसा कायम गरिएको छ । बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १४ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९४ पैसा तोकिएको छ भने स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ १६ पैसा र बिक्रीदर ११० रुपैयाँ ५९ पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिददर ११२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ७४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा तोकिएको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

खाडी मुलुकका मुद्रातर्फ कुवेती दिनार एकको खरिददर ५०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ५०५ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ । ओमानी रियाल एकको खरिददर ४०१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४११ रुपैयाँ ६४ पैसा पुगेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्ने उल्लेख गर्दै अद्यावधिक विवरण आफ्नो आधिकारिक वेबसाइटमा उपलब्ध रहने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*