राष्ट्र बैंकले सार्वजनिक गर्यो आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंक ले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा कायम गरिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर ११० रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ भने क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४७ पैसा र बिक्रीदर १११ रुपैयाँ ९१ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०८ पैसा कायम हुँदा युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ७५ पैसा पुगेको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने जानकारी दिएको छ।









