प्रतिनिधिसभा बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। संसद् सचिवालयका अनुसार आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची तय गरिएको छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल द्वारा संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
त्यसपछि सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने तथा दर्ता भएका संशोधन प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमै सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यक्रम पनि तय गरिएको छ। सरकारले आगामी आर्थिक वर्षका प्राथमिकता, विकास योजना र नीतिगत कार्यक्रमहरू समेटेर नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेको हो।










