हेटौंडाको राप्ती तटमा छठको रौनकता (फोटो फिचर)
नेपालको तराई क्षेत्रमा निकै धुमधामका साथ मनाइने छठ पर्व बिगत केही वर्षदेखि हेटौंडामा पनि धुमधामका साथ मनाउन थालेका छन । छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व परिभाषित भएको हुन्छ । मानवको सहअस्तित्व त्यसैले पनि छठ पर्वसँग साँस्कृतिक रुपमा जोडिएको हुन्छ ।
हेटौंडाको राप्ती तटमा उदाउँदै गरेको सूर्यलाई आज बिहान अर्घ दिएपछि चारदिने महाअनुष्ठानको पर्व छठ सकिएको छ । बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ दिएका व्रतालुहरूले बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ दिएका हुन् । हेटौंडाको राप्ती खोलामा उदाउँदो सूर्यलाई पुजा गर्नका लागि जम्मा भएका भक्तजनहरुको केही तस्बिरहरु हेर्नुस…











































