सत्ता होइन, देशको दिशा महत्वपूर्ण : रवि लामिछाने

कोल्हवी न्यूज
२०८३ बैशाख २७, आईतवार १६:५१ गते

काठमाडौं, २७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी व्यक्तिगत राजनीतिक लाभका लागि नभई देशको इतिहास बदल्ने उद्देश्यसहित अघि बढिरहेको बताएका छन्।

पार्टी सांसदहरूको दुईदिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले राजनीति केवल सत्ता प्राप्तिको माध्यम नभई मुलुकलाई सही दिशा दिने जिम्मेवारीपूर्ण अभ्यास हुनुपर्ने बताए।

लामिछानेले प्रधानमन्त्री वा मन्त्री बन्नु मात्र ठूलो उपलब्धि नभएको उल्लेख गर्दै देशलाई कस्तो नेतृत्व दिइन्छ भन्ने विषय नै महत्वपूर्ण हुने धारणा राखे। उनले आफू व्यक्तिगत राजनीतिक करियर निर्माणभन्दा पनि दीर्घकालीन परिवर्तनको लक्ष्यमा केन्द्रित रहेको स्पष्ट पारे।

उनले भने, “हामी जीवनी लेख्ने होइन, इतिहास लेख्ने यात्रामा छौँ।”

उनले रास्वपा सांसदहरूलाई निरन्तर सिकाइ, आत्मसुधार र जिम्मेवार राजनीतिक अभ्यासमा सक्रिय रहन आग्रह गर्दै राजनीतिलाई मर्यादित र जनमुखी बनाउनुपर्ने आवश्यकता औँल्याए।

विश्व राजनीतिक परिवेशमा आएको परिवर्तनसँगै रास्वपाको उदय भएको उल्लेख गर्दै उनले यसलाई समाजभित्रको परिवर्तनको चाहनाको परिणामका रूपमा व्याख्या गरे।

उनका अनुसार संसद र राजनीतिलाई थप जिम्मेवार, पारदर्शी र प्रभावकारी बनाउँदै जनअपेक्षा अनुसार काम गर्नु नै रास्वपाको मुख्य उद्देश्य हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*