वीरगञ्जको पावर हाउस चोकमा रात्री बस पल्टियो, सबै यात्रु सकुशल

कोल्हवी न्यूज
२०८३ बैशाख २६, शनिबार १०:१६ गते

बीरगन्ज,२६ वैशाख । काठमाडौंबाट बीरगन्जआउँदै गरेको एक रात्री बस शुक्रबार बिहान वीरगञ्जको पावर हाउस चोकमा दुर्घटनामा परेको छ। सिकन्दर ट्राभल्सको बस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रात्री सेवामा सञ्चालन भइरहेको उक्त बस गन्तव्य नजिकै पुग्दा दुर्घटनामा परेको हो। बसमा रहेका यात्रुहरूको यकिन संख्या खुल्न नसके पनि सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको वडा प्रहरी कार्यालय श्रीपुर ले जनाएको छ।

दुर्घटनापछि केही समय यात्रुहरू त्रसित बनेका थिए। बस पल्टिएलगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मी उद्धारका लागि घटनास्थल पुगेका थिए। अधिकांश यात्रुलाई सामान्य चोटपटक लागेको भए पनि कसैलाई गम्भीर चोट नलागेको र अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको बताइएको छ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार तीव्र गति, मोडमा सन्तुलन गुम्नु वा चालकको थकान दुर्घटनाको कारण हुन सक्ने देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*