सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्यायाधीश डा. मनोजकुमार शर्मा सिफारिस

कोल्हवी न्यूज
२०८३ बैशाख २५, शुक्रबार ०७:१४ गते

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीश पदका लागि न्यायाधीश डा. मनोजकुमार शर्मा को नाम सिफारिस गरेको छ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष बालेन शाह को अध्यक्षतामा बसेको परिषद् बैठकले रिक्त रहेको प्रधानन्यायाधीश पदमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेर हदका कारण गत चैत १८ गते अवकाश भएपछि उक्त पद रिक्त रहेको थियो। त्यसयता सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल ले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

यसअघि न्याय परिषद् ले प्रधानन्यायाधीश नियुक्तिका लागि सपना प्रधान मल्लसहित ६ जना वरिष्ठ न्यायाधीशहरूको नाम संवैधानिक परिषद्मा पठाएको थियो।

संवैधानिक परिषद्को सिफारिसपछि अब शर्माको नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ। समितिबाट अनुमोदन भएपछि संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिबाट उनलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरिने प्रक्रिया अगाडि बढ्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*