सूर्यलाई अर्घ्य दिइयाे (तस्बिरहरू)

कोल्हवी न्यूज
२०७८ कार्तिक २५, बिहीबार ०६:५८ गते

छठ पर्वको मुख्य दिन हिजो बुधवार काठमाण्डौसहित तराईका जिल्लामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व अस्ति सोमवारदेखि सुरु भएको हो ।

हिजो काठमाण्डौको गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरी, वाग्मतीलगायतका नदीमा व्रततालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

आज बिहीवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको समापन हुन्छ ।

तस्बिर : विकास गाेले

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*