डोलेश्वर भिलेज रिसोर्टको आइपिओ योजना: ३० प्रतिशत सेयर सर्वसाधारणलाई

कोल्हवी न्यूज
२०८३ बैशाख २३, बुधबार १३:१७ गते

भक्तपुरस्थित डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस ले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले यसका लागि नेपाल धितोपत्र बोर्ड मा अनुमति माग्दै निवेदन दर्ता गराएको हो।

कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत बराबर १६ लाख २० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने योजना बनाएको छ। प्रति कित्ता १०० रुपैयाँ दरले सेयर बिक्री गरिने प्रस्ताव गरिएको छ।

वि.सं. २०७६ देखि सञ्चालनमा आएको यो रिसोर्ट भक्तपुरको डोलेश्वर क्षेत्रमा करिब १० रोपनी क्षेत्रफलमा फैलिएको छ। हाल स्तरोन्नतिको प्रक्रियामा रहेको रिसोर्ट पाँचतारे स्तरमा पुग्ने तयारीमा रहेको जनाइएको छ। यसले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा आफूलाई स्थापित गर्दै आएको छ।

आइपिओ निष्कासनका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेड लाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ। साथै केयर रेटिङ नेपाल ले कम्पनीलाई ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय अवस्थालाई मध्यम स्तरको जोखिमसहितको संकेत गर्छ।

कम्पनीको यो योजना कार्यान्वयनमा आएपछि पर्यटन क्षेत्रसँगै पूँजी बजारमा पनि यसको उपस्थिति थप मजबुत हुने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*