फेरि बढ्याे इन्धनकाे मूल्य, अब ग्यास प्रति–सिलिन्डर १५ सय ७५ रुपैयाँ

कोल्हवी न्यूज
२०७८ कार्तिक २५, बिहीबार ०६:४९ गते

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल र डिजेलरमट्टीतेलको मूल्य प्रतिलिटर तीनरतीन रुपैयाँले बढाएको हो । यो मूल्यवृद्धिसँगै अब पेट्रोल प्रति लिटर एक सय ३६, डिजलरमट्टीतेल एक सय १९ रुपैयाँ पुगेको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढेको छ । प्रति सिलिन्डर ७५ रुपैयाँ बढेर अब एक हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ ।

हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रति लिटर पाँच रुपैयाँले बढेको निगमले निकालेको विज्ञप्तिमा उल्लेख छ । अब आन्तरिक हवाई इन्धनको नयाँ मूल्य एक सय नौ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर आठ सय ९५ अमेरिकी डलर पुगेको छ ।

‘मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ ५८ पैसा, डिजलमा प्रतिलिटर १३ रुपैयाँ १४ पैसा तथा एलपी ग्यासमा प्रति सिलिन्डर ६ सय ५७ रुपैयाँ ८४ पैसा घाटा रही १५ दिनमा पेट्रोलमा झन्डै ६१ करोड २५ लाख, डिजलमा झन्डै ९७ करोड ३६ लाख तथा एलपी ग्यासमा झन्डै एक अर्ब ११ करोड १७ लाख घाटा नै रही समग्रमा निगमलाई १५ दिनमा झन्डै दुई अर्ब ६२ करोड घाटा हुने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

यसअघि निगमले गएको कात्तिक १२ गते इन्धनको मूल्य बढाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*