ऐरीको शतकसँगै नेपाल बलियो अवस्थामा — यूएईलाई २९० रनको लक्ष्य

कोल्हवी न्यूज
२०८३ बैशाख १८, शुक्रबार १४:५० गते

बीरगन्ज,१८ वैशाख । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे । उनले ९४ बलमा १०० रन प्रहार गरे । वैशाख २२ गतेदेखि सुरु भएको लिगमा नेपाल र युएईबीच आज दोस्रो खेल हो । नेपालले पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*