राष्ट्रपति भण्डारीद्वारा छठी माताकाे पूजाराष्ट्रपति भण्डारीद्वारा छठी माताकाे पूजा
राष्ट्रपति विद्यादेवी भण्डारीले गौरीघाट र कमलपोखरीमा छठी माताको पूजा अर्चना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज बुधवार काठमाण्डौको गौरीघाट र कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिनुभएको हो । कमलपोखरीमा अर्घ्य दिनुअघि उहाँले गौरीघाटमा पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको थियो । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।
व्रतालुले कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय–खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् । व्रतालुले आज बिहीवार सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।










