रोल्पाको सल्यापमा जीप दुर्घटना, २० जनाको ज्यान गयो

कोल्हवी न्यूज
२०८३ बैशाख १८, शुक्रबार ०७:५१ गते

 रोल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको छ ।

उद्धार तथा खोजीका क्रममा २० जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा रुकुम पूर्वका सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समीर कामी घाइते भएको र उहाँको आधारभूत जलजला अस्पताल थवाङमा उपचार भइरहेको छ । रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलाका लागि छुटेको लु १ ज ४१६७ नम्बरको जीप हिजो दिउँसो रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापको भिरबाट ८००  मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने तीर्थयात्री चढेको जीप दुर्घटना भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*