रुवान्डामाथि नेपालको सानदार जित, आईसीसी महिला टी–२० च्यालेन्जमा तेस्रो सफलता

कोल्हवी न्यूज
२०८३ बैशाख १५, मंगलवार १९:५२ गते

नेपाल महिला क्रिकेट टोली ले आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी अन्तर्गत आफ्नो तेस्रो जित दर्ता गरेको छ। बुधबार भएको खेलमा नेपालले आयोजक रुवान्डा महिला क्रिकेट टोली लाई ३८ रनले पराजित गर्‍यो।

नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७ ओभर ४ बलमा ६५ रनमै समेटियो। रुवान्डाकी कप्तान मारी बिमेन्यिमाना ले १९ रन बनाइन् भने नेपालकी मनिषा उपाध्याय ले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइन्।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। कप्तान इन्दु बर्मा ले ३३ रन बनाउँदा कविता कुँवर ले २४ रनको योगदान दिइन्। रुवान्डाकी हेनरिएट इशिम्वे ले ३ विकेट लिइन्।

प्रतियोगितामा नेपालको यो छैटौँ खेल हो। नेपालले यसअघि संयुक्त राज्य अमेरिका महिला क्रिकेट टोली सँग दुई पटक र भानुआतु महिला क्रिकेट टोली सँग एक पटक हार व्यहोरेको थियो भने इटाली महिला क्रिकेट टोली लाई हराएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ले पहिलो पटक आयोजना गरेको यस प्रतियोगितामा पाँच टोली सहभागी छन्। सबै टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन्।

अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। प्रतियोगिता आउँदो शुक्रवारसम्म जारी रहनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*