श्रम संस्कृति पार्टीको अभियान: देशभरका सुकुम्वासीलाई संगठित गर्ने घोषणा

कोल्हवी न्यूज
२०८३ बैशाख १४, सोमबार १६:५७ गते

.श्रम संस्कृति पार्टीले देशभरका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई संगठित गर्ने अभियान सुरु गर्ने घोषणा गरेको छ। सरकारी र सार्वजनिक जमिनमा बनेका अनधिकृत संरचना हटाउने अभियान चलिरहँदा पार्टीले भने उनीहरूलाई एकीकृत गर्ने योजना अघि सारेको हो।

काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा नदी किनार, सरकारी तथा सार्वजनिक जग्गामा बनेका टहरा र घर डोजर लगाएर हटाइँदै आएको छ। सरकारका अनुसार अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने उद्देश्यसहित यो कदम चालिएको हो।

तर यता श्रम संस्कृति पार्टीले ती प्रभावित परिवारलाई संगठित गर्दै अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङ ले देशभरका जिल्ला तथा पालिका समितिलाई अभियान अघि बढाउन निर्देशन दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई संगठित गर्दै देशव्यापी अभियान सञ्चालन गर्न आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*