जनकपुरबाट काठमाण्डौ जाँदै गरेको बस हेटौंडा नवलपुरमा दुर्घटना, २ को मृत्युु दर्जनौं घाइते

कोल्हवी न्यूज
२०७८ कार्तिक २४, बुधबार ०६:५१

कोल्हवी/पुर्व पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा-११ नवलपुरमा ट्रक र बस एक आपसमा ठक्कर खाई दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन ।

मंगलबार राति जनकपुरबाट काठमाण्डौ तर्फ जादै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बस र बिपरित दिशा बाट आउदै गरेको प्रदेश २ -०३००१ ख ५०३५ नम्बरको खाली ट्रक एक आपसमा ठक्कर भएको हो ।

दुर्घटनामा ३०/३५ बर्षीय र २०/२५ बर्षीय दुई जना पुरुष व्यक्तिको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन । उनीहरुको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।मृतकको शनाखत भई नसकेको जनाइएको छ।

घाइते भएका १६ जनाको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ट्रक चालक घाइते रहेकोले प्रहरी निगरानीमा उपचार भइरहेको डिएसपी रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*