सिरहामा २० किलोभन्दा बढी गाँजासहित महिला पक्राउ

कोल्हवी न्यूज
२०८३ बैशाख ९, बुधबार १५:३९ गते

सिरहाको गोलबजारमा प्रहरीले लागूऔषध विरुद्धको कारबाहीमा ठूलो सफलता हात पारेको छ। मंगलबार दिउँसो गरिएको अपरेसनमा प्रहरीले २० किलोभन्दा बढी गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–२ टुडकीयाकी गीता कुमारी साह रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार विशेष सूचनाको आधारमा उनको घरमा छापा मार्दा प्लास्टिकको झोलामा गाँजा प्याक गर्दै गरेको अवस्थामा फेला पारिएको थियो।

प्रहरीले घटनास्थलबाट २० किलो ४ सय ग्राम गाँजा बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानले साहले विभिन्न स्थानबाट गाँजा संकलन गरी भारततर्फ अवैध रूपमा बिक्री वितरण गर्ने गरेको संकेत देखाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*