शेयर विवादपछि गृहमन्त्री गुरुङको राजीनामा

कोल्हवी न्यूज
२०८३ बैशाख ९, बुधबार १५:३० गते

गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय दीपक भट्टसँग जोडिएको शेयर प्रकरणलाई लिएर सार्वजनिक रूपमा उठेका प्रश्न र चासोबीच उनले नैतिक जिम्मेवारी लिँदै पद त्याग गरेका हुन्।

बुधबार जारी वक्तव्यमा गुरुङले आफूले जिम्मेवारी सम्हालेदेखि इमानदारीपूर्वक काम गर्दै आएको उल्लेख गरे पनि विवादले निष्पक्ष छानबिनमा असर पार्न सक्ने ठानेर राजीनामा दिएको स्पष्ट पारे। पदमा रहँदा स्वार्थको द्वन्द्व देखिन सक्ने भएकाले तत्काल लागू हुने गरी पद छाड्ने निर्णय गरिएको उनको भनाइ छ।

उनले सार्वजनिक पदमा नैतिकता र जनविश्वास सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै हाल देशमा उठिरहेको पारदर्शिता र जवाफदेहिताको मागलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। साथै, युवापुस्ताको दबाबले सार्वजनिक जीवन अझ स्वच्छ हुनुपर्ने सन्देश दिएको पनि उनले उल्लेख गरे।

गुरुङले सरकारमाथि उठेका प्रश्नहरूको उत्तर नैतिक आधारमै दिनुपर्ने धारणा राख्दै आफ्नो निर्णय देश, सुरक्षा निकायको प्रतिष्ठा र युवाहरूको अपेक्षालाई ध्यानमा राखेर गरिएको बताए।

साथै उनले आगामी दिनमा अन्य व्यक्तिहरूसँग सम्बन्धित शेयरसम्बन्धी विषयहरू पनि सार्वजनिक हुन सक्ने संकेत दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*