हेटौंडा: मनहरीमा लागूऔषध गाँजासहित एक जना पक्राउ
२०८३ बैशाख ९, बुधबार ०७:२७ गते
प्रहरीका अनुसार, हिजो वैशाख ७ गते साँझ करिब ५ बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले हरियाली सामुदायिक वनभित्रको सडकखण्डमा सवारी जाँच गर्दै गर्दा उक्त सफलता हात पारेको हो। गस्ती टोलीले भावरबाट खरंगा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ७०८० नम्बरको स्कुटरलाई शंका लागेर रोकेको थियो। जाँच गर्दा स्कुटरमा लुकाइछिपाई राखिएको १७ दशमलव ५४६ केजी गाँजा फेला परेको प्रहरीको भनाइ छ। प्रहरीले पक्राउ परेका सुबास मोक्तानमाथि आवश्यक अनुसन्धान जारी राखेको जानकारी दिएको छ।
मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित च्यानडाँडा क्षेत्रमा प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिको नाम सुबास मोक्तान, जो मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का २३ वर्षका युवा छन्।










