टी-ट्वान्टी विश्वकप क्रिकेट : भारतसँग नामिविया ९ विकेटले पराजित

कोल्हवी न्यूज
२०७८ कार्तिक २३, मंगलवार ०६:४२ गते

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले नामिवियालाई ९ विकेटले हराएको छ । सुपर १२ अन्तर्गत समूह २ अन्तर्गतको खेलमा भारतले नामिवियालाई ९ विकेटले हराएको हो ।

१ सय ३३ रनको सामान्य लक्ष्य भारतले १५ दशमलब २ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । भारतको जितमा रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान गरे । केएल राहूलले ५४ तथा सूर्यकुमार यादवले २५ रन जोडे । नामिवियाका जान फ्रालिङचे एक विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नामिवियाले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय ३२ रन जोडेको थियो ।

नामिवियाका लागि डेभिड वाइजीले सर्वाधिक २६ तथा स्टेफन वार्डले २१ रन जोडे । भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान तीन–तीन विकेट हात पार्दा जसप्रित बुमराहले दुई विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*