भारतमा एक अस्पतालमा फेरि भयो आगलागी, ४ शिशुको मृत्यु

कोल्हवी न्यूज
२०७८ कार्तिक २३, मंगलवार ०६:३८

भारत, मध्यप्रदेशको भोपालस्थित हमीदिया अस्पतालमा सोमवार राति आगलागी भएको छ । कमला नेहरू बिल्डिङको पीडियाट्रिक विभागमा राति आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । आगलागीमा परी ४ शिशुको मृत्यु भएको र केही शिशुहरूको उद्दार गरिएको त्यहाँस्थित प्रहरीले जनाएको छ ।

आगो लागीको कारण हालसम्म पत्ता नलागेको बताइएको छ । एसएनसीयूमा कुल ४० जना शिशु भर्ना गरिएका थिए । जसमध्ये ३६ जनालाई अर्को वार्डमा सारिएको बताइएको छ । भारतमै केही दिनअघि अर्को अस्पतालमा पनि आगलागी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*