नेकपा एमाले जितपुरसिमरा वडा नम्बर १४ को अधिबेशन सम्पन्न

कोल्हवी न्यूज
२०७८ कार्तिक २३, मंगलवार ०६:३७

नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ को वडा अधिवेशन आज रजघट्टामा सम्पन्न भएको छ । अधिवेशनले यमनाथ ढकालको अध्यक्षतामा ४१ सदस्यिय वडा कमिटी गठन गरेको छ। कमिटीको उपाध्यक्षमा तेज नारायण चौधरी सचिबमा चोलानाथ आचार्य,सह(सचीव सागर पाण्डे र असलीमाया बम्जन सदस्यहरुमा रुद्र न्यौपाने, सरोज न्यौपाने ,प्रताप रिजाल,देबी गौतम ,गोविन्द चौधरी,गुमशेर मिया, राधा महतो,साबित्री गुरुङ्ग लगायतको रहनु भएको छ। साथै रुद्र प्रसाद शर्माको अध्यक्षतामा ५ सदस्यिय सल्लाहकार परिषद् गठन गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर २ का सह इन्चार्ज अच्युत मैनाली, बिशिस्ट अतिथि नेकपा एमाले केन्द्रिय सदस्य पूर्वमन्त्री एवम प्रदेश न २ कि अध्यक्ष ज्वाला कुमारी साह,केन्द्रिय सल्लाहाकर परिषद सदस्य तथा पूर्वमन्त्री पुर्शोत्तम पौडेल,नेकपा एमाले बाराका अध्यक्ष देवनारायण चौधरि,नेकपा एमालेका नेता पलट प्रसाद चौधरी,किशोर शर्मा,मनोज पौडेल,राधेश्याम सिबाकोटी,लक्ष्मी नेपाली,चैयन गुरुङ,झपेन्द्र बराललगायतले अधिबेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश कमिटि सदस्य अमृत शर्मा, चयन मगर गुरुङ,सीता सुवेदी,जिल्ला सदस्यहरु इस्वर ढकाल,अनिल मैनाली, अमृतलाल श्रेष्ठ, तारा कार्की,भोला अधिकारि,हिरा बस्नेत, आरिफ हुसेन, कमला घिमिरे भरत घलेलगायतको सहभागीता रहेको थियो । कार्यक्रम यमनाथ ढकालको सभापतित्वमा, चोलानाथ आचार्यको सहजीकरण र रुद्र न्यौपानले स्वागत गर्नु भएको थियो । सो अबसरमा माओबादी केन्द्र परित्याग गरि आधा दर्जन एमालेमा प्रबेश गरेका छ्न ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*