आगामी चुनावलाई केन्द्रित गर्दै तीव्र तयारीमा जुटे लोसपा नेता पटेल

कोल्हवी न्यूज
२०७८ कार्तिक २३, मंगलवार ०६:३५ गते

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका युवानेता ओम पटेल आगामी चुनावलाई केन्द्रित गर्दै तीव्र तयारीमा जुटेका छन् ।विद्यार्थी राजनीतिबाट सुरु गरेको राजनीतिक यात्रा उनको निकै नै सफल र सुखद रह्यो । उनी राष्ट्रिय राजनीतिमा पनि राम्रै छवि बनाएका छन् । हरेक विद्यार्थी आन्दोलनमा अहम् भूमिका निर्वाह गर्दै आएका नेता पटेल अब राष्ट्रिय राजनीति गर्ने अठोटका साथ लागेका छन् ।

रौतहट क्षेत्र न।२ परोहा नगरपालिकाको नेता पटेलले आगामी निर्वाचनमा नगरपालिकाको प्रमुखको लागि आफ्नो उम्मेद्वारी दिने तयारी गरिरहेका छन् । उनी भन्छन्, ‘परोहा नगरपालिकाको मेयर पदमा चुनाव लड्न तयार छु । यहाँबाट मलाई जनसमर्थन पनि प्राप्त छ । तर, पार्टीले मलाई जुन ठाउँमा टिकट दिन्छ त्यसका लागि म तयार छु ।’ नेता पटेल आफ्नो क्षेत्र उनी महजबुत पकड बनाउनुका साथै विभिन्न उल्लेखनीय कार्यहरुसमेत गरेका छन् ।

स्थानीय जनताका बीच उनी निकै चर्चित र लोकप्रिय नेताका रुपमा पनि चिनिन्छन् । उनले विभिन्न सामाजिक कार्यहरु गर्दै जनतामाझ लोकप्रियता कमाएका हुन् । स्थानीयहरुले उनलाई जनप्रतिनिधिको रुपमा हेर्न चाहेको बताइन्छ । स्थानीय जनताको हरेक सुखदुखमा उनी जहिले पनि उभिरहेका हुन्छन् । त्यहाँका नगरपालिका प्रमुख भन्दाबढी काम गरेको स्थानीयहरु बताउँछन् ।

उनलाई प्राप्त जनसमर्थनबाट हौसिएर अब जनताको सेवा गर्नका लागि चुनावबाट जितेर त्यहाँका हरेक समस्या समाधान गर्न लागिपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘पार्टी नेतृत्वले यदि मलाई मौका दियो भने म निराश गर्ने छैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*