वडा अध्यक्ष भाबिक्षन यादवद्वारा फतुवा विजयपुर नगरपालिकाको सितलपुरमा साडी सेट बितरण।

कोल्हवी न्यूज
२०७८ कार्तिक २३, मंगलवार ०६:३४ गते

फतुवा विजयपुर नगरपालिकाको वडा न २ सितलपुरका निर्वाचित वडा अध्यक्ष भाबिक्षन यादवले वडा नम्बर २ सितलपुरमा महिलाहरुलाई साडी बितरण गर्नु भएको छ ।

नजिकदै गरेको छठलाई लक्षित गरी छठ गर्ने एकल र बिपन्नका महिलाहरुलाई उहाले साडी बितरण गर्नु भएको हो । खास गरी मधेशमा महिलाहरुको ज्याला न्यून हुने र त्यसबाट चाडवाड धान्न नसक्ने भएका हुदा सहयोग स्वरुप साडी बितरण गरिएको वडा अध्यक्ष भाबिक्षन यादवले बताउनुभयो ।

उहाले बिगत चार बर्ष देखि आफ्नो वडामा साडी बितरणलाई निरन्तरता दिदै आएको बताउदै आज सोमबार करिब छठ महिला ब्रतालुहरुलाई करिब १००० एक हजार साडी बाडिएको यादवले बताउनु भयो ।

आफु आफ्नो वडाको जनताको प्रतिनिधि भएको र चाडवाडमा आफ्ना क्षेत्रका जनतालाई केहि समस्या नहोस भनि वडामा समस्या भएको ठाउँमा आफुले हरेक पर्वमा सक्दो सहयोग गर्ने समेत बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*