‘सिंघम ३’ मा पनि अजय, अक्षय र रणवीर एकसाथ

कोल्हवी न्यूज
२०७८ कार्तिक २३, मंगलवार ०६:३०

निर्देशक रोहित शेट्टीको कप ड्रामा ‘सूर्यवंशी’ ले बक्सअफिसमा आफ्नो सफलताबाट इतिहास रचिरहेको छ । सुपरस्टार अक्षय कुमारको खतरनाक एक्सन र अभिनयलाई दर्शकले निकै मन पराएका छन् । यो फिल्मको सफलतापछि फेरि ​एकपटक रोहित कप ड्रामा बनाउने तयारीमा जुटेका छन् । उनले आफैं निर्देशित सुपरहिट फिल्म ‘सिंघम’ को तेस्रो सिरिज बनाउन लागेका हुन् ।

‘सूर्यवंशी’ मा अजय देवगन र रणवीर सिंह केमियो भूमिकामा देखिएका थिए । अब रोहितले ‘सिंघम ३’ मा अक्षय कुमार र रणवीर सिंहलाई केमियो भूमिकामा प्रस्तुत गर्ने भएका छन् । यो फिल्ममा केमियो भूमिकामा देखिन दुवै स्टार तयार भएको भारतीय मिडियाले बताएका छन् । रोहित शेट्टीले यसअघि रणवीरलाई लिएर फिल्म ‘सिम्बा’ बनाएका थिए, जुन ब्लकबस्टर भएको थियो ।

‘सिंघम ३’ मा एकपटक फेरि अजय देवगन पुलिस अफिसरकोे भूमिकामा देखिनेछन् । यसपटक फिल्म भारत(पाकिस्तान सीमामा आतन्कवादको मुद्धामा आधारित हुनेछ । फिल्मका लागि पाकिस्तानको भाग भारतमा सेट लगाएर खिचिनेछ । जसरी ‘सूर्यवंशी’ को क्लाइमेक्समा अजय र रणवीर देखिएका थिए त्यसरी नै ‘सिंघम ३’ को क्लाइमेक्समा अक्षय र रणवीर देखिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*