नेकपा एमाले कोल्हवीको नगर अधिवेशन कार्तिक २६ गते, प्रदिप ज्ञवाली र प्रभु साहले सम्बोधन गर्ने
कोल्हवी/नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेस न.२अन्तर्गत पर्ने बारा को कोल्हवी नगरपालिकाको प्रथम नगर अधिवेशन यहि कार्तिक २६ गते हुने भएको छ ।
तामागढी ईभेन्ट भेनु प्रा.लि. कोल्हवीमा बिहान ११ बजे सुरु हुने अधिवेशनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटि सदस्य, पार्टी प्रबक्ता एवम् पुर्व पररास्ट्र मन्त्री प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यता र पोलिटब्युरो सदस्य, पुर्व शहरी विकाश मन्त्री प्रभु साहको बिशेष उपस्थिती र जिल्लाका नेताहरुको भब्य उपस्थिती रहने नेकपा एमाले कोल्हवी नगर कमिटीले जानकारी दिएको छ । बारा क्षेत्र न.१ को काङ्ग्रेस का प्रभावशाली नेता हालका खानेपानी मन्त्री उमाकान्त चौधरी को गृह नगर रहेकोले एमालेले नगर अधिभेशनमा आफ्ना उच्च इस्तरिय नेतालाई बोलाइएको बुझिएको छ। अब आउने इस्थानिय निर्वाचन लक्ष्यित गर्दै एमाले ले आफ्नो नगर अधिबेसनलाई ब्यापक तयारी गरेको एक स्रोत ले कोल्हवी न्युज लाई जानकारी दिनु भयेको छ।










