एमाले अध्यक्ष ओली आज विराटनगर जाँदै

कोल्हवी न्यूज
२०७८ कार्तिक २२, सोमबार १०:०६ गते

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदैछन्। पार्टीको मोरङ जिल्ला कमिटीले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन ओली बिहान ११ बजेको उडानबाट विराटनगर जान लागेका हुन्।

ओलीले प्रदेश र केन्द्रका नेताहरूको उपस्थितिमा कार्यकर्तालाई निर्देशन दिने कार्यक्रमसमेत रहेको मोरङ एमालेले जनाएको छ। अध्यक्ष ओली आजै साँझ काठमाडौं फर्कने कार्यक्रम छ। कार्यक्रमलाई सम्बोधन गरेपछि अध्यक्ष ओलीले कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*