विरगञ्जबाट काठमांडौ जादै गरेको ट्रक दुर्घटना एकको मृत्यु, चालक गम्भीर घाइते

कोल्हवी न्यूज
२०८२ चैत्र ११, बुधबार ११:०७ गते

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्ति लोकपथमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक युवकले ज्यान गुमाएका छन् भने चालक गम्भीर घाइते भएका छन्।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना ८ ख ८७६० नम्बरको आइचर ट्रक अनियन्त्रित भई सडक छेउको खाली घरमा ठोक्किँदै करिब १५० मिटर तल खोल्सामा खसेको थियो।

दुर्घटनामा परी वीरगञ्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका चालक कृष्ण यादवलाई हेटौंडामा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*